काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा कात्तिक १२ देखि सुनुवाइ हुने भएको छ ।
प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति र उनले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै परेका ९ वटा रिट मंगलबार दर्ता भएका थिए ।
रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुने छ। बुधबारसम्म आइपुग्दा १३ वटा रिट अदालतमा पुगेका भए पनि ९ वटा मात्रै दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अजुर्नप्रसाद कोइरालाले जानकारी दिए ।

