२०८३, आश्विन २३ गते

images

तोलामा २ लाख ५० हजार नाघ्यो सुनको मूल्य

तोलामा २ लाख ५० हजार नाघ्यो सुनको मूल्य

बिहिवार, आश्विन ३० २०८२१०:४१
बिहिवार, आश्विन ३० २०८२१०:४१
  • images

    काठमाडौँ । नेपाली बजारमा बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुन तोलाको २ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च दर हो ।

    अघिल्लो दिन बुधबार सुन तोलाको २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलाको ३ हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर ३ हजार २७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख १५ हजार १०५ रुपैयाँ, र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ८०८ रुपैयाँमा कारोबार भईरहेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend