२०८३, आश्विन २३ गते

images
  • समाचार
  • मधेश प्रदेशसभा सदस्य सरोज कुमार सिंहले...
मधेश प्रदेशसभा सिंह सहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मधेश प्रदेशसभा सदस्य सरोज कुमार सिंहले हाले निर्वाचन क्षेत्र विकास कोषको रकम आफ्नै खातामा

मधेश प्रदेशसभा सदस्य सरोज कुमार सिंहले हाले निर्वाचन क्षेत्र विकास कोषको रकम आफ्नै खातामा

बिहिवार, आश्विन ३० २०८२१२:०४
बिहिवार, आश्विन ३० २०८२१२:०४
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका प्रदेशसभा सदस्य सरोक कुमार सिंह सहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बिहीबार विशेष अदालत काठमाडौँमा उनीहरु विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो । 

    प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत विनियोजित बजेट मार्फत सञ्चालित भएका योजनाहरुबाट उनले घुस लिएको आरोप लगाईएको छ । विभिन्न उपभोक्ता समितिमार्फत महोत्तरी जिल्लाका ३ पालिकामा सञ्चालित योजनाबाट उनले आफ्ना स्वीकय सचिवमार्फत घुस लिएर आफ्नो र श्रीमतिको संयुक्त रुपमा सञ्चालित बैंकमा रकम जम्मा गर्ने गरेको पाइएको अख्तियारले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

    यस्तै, उनले आर्थिक वर्ष २०७८/०७९ मा उक्त कार्यक्रम मार्फत महोत्तरीका रामगोपालपुर, मनराशिसवा गाउँपालिका र सम्सी गाउँपालिकाका विभिन्न वडाहरुमा विकास योजनाहरु सञ्चालन गर्नका लागि गठित भएका उपभोक्ता समितिहरुका बैंक खातामा रहेको १ करोड ३६ लाख २७ हजार ४८१ रुपैयाँ अनियमितता गरेको उल्लेख छ । उक्त रकममध्ये उनले श्रीमति र आफ्नो संयुक्त रुपमा सञ्चालित लक्ष्मी सनराईज बैंकमा ३८ लाख ५० हजार ३१९ रुपैयाँ घुस लिएर जम्मा गरेको पुष्टि भएको विज्ञप्तीमा उल्लेख छ । 
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend