२०८३, आश्विन २३ गते

images

एकैदिन तोलामा ७ हजार १ सयले बढ्याे सुनको मूल्य

एकैदिन तोलामा ७ हजार १ सयले बढ्याे सुनको मूल्य

शुक्रवार, आश्विन ३१ २०८२१२:१६
शुक्रवार, आश्विन ३१ २०८२१२:१६
  • images

    काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुन हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार सुन प्रतितोला ७ हजार १ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य भएको हो । 

    उक्त मूल्यले सुनको मूल्य बढेसँगै आजका लागि छापावाला सुन तोलाको २ लाख ५८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन बिहिबार सुन तोलाको २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बिहिबार तोलाको ३ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर ३ हजार ३५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २१ हजार १९५ रुपैयाँ, र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ८७२ रुपैयाँमा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend