२०८३, आश्विन २३ गते

images
  • समाचार
  • गाईघाटमा एकसात ७ सवारी साधन ठोक्किदा...

गाईघाटमा एकसात ७ सवारी साधन ठोक्किदा २१ जना घाइते, नारायणगढ–मुग्लिन खण्ड बन्द

गाईघाटमा एकसात ७ सवारी साधन ठोक्किदा २१ जना घाइते, नारायणगढ–मुग्लिन खण्ड बन्द

शनिवार, कार्तिक १ २०८२०९:५८
शनिवार, कार्तिक १ २०८२०९:५८
  • images

    काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका २९ गाईघाटमा शनिबार ९आज० बिहान सातवटा सवारीसाधन आपसमा ठोकिँदा २१ जना घाइते भएका छन्।

    बिहान करिब ७ बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशाबाट गइरहेको बा ४ ख ७४२० नम्बरको बस ठोकिएपछि बस पछाडि आइरहेका पाँचवटा सवारीसाधन समेत एकअर्कासँग ठोकिएका हुन्।

    दुर्घटनामा बसको पछाडि रहेका ना ७ ख ९६०७ नम्बरको टेलर, बा।प्र।०६–००१ ग ०४८४ नम्बरको ईभी माइक्रो, ग २ ख १६२६ नम्बरको बस, ना ३ च ३२५६ नम्बरको बलेरो र बीएबी ८४७० नम्बरको कारसमेत आपसमा ठोकिएका हुन्।

    दुर्घटनामा घाइते भएका २१ जनामध्ये १३ जना नेसनल सिटी अस्पताल, ४ जना नयाँ मेडिकल कलेज, र ४ जना जनता केयर अस्पताल भरतपुरमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    दुर्घटनास्थलमा सडक पूर्ण रूपमा अवरुद्ध भएको र दुर्घटनामा परेका सवारीसाधन हटाउने कार्य भइरहेको प्रहरीले बताएको छ।

    प्रहरी चौकी जुगेडीका अनुसार, घटनास्थल चौकीबाट करिब ६–७ किलोमिटर उत्तरतर्फ पर्छ र थप विवरण संकलन भइरहेको छ।

    घटनास्थलमा प्रहरी निरीक्षक लक्ष्मण केसीको नेतृत्वमा टोली खटिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend