२०८३, आश्विन २३ गते

images
  • समाचार
  • स्वास्थ्यमन्त्रीको लाइनमा रहेको पूर्वसचिव डा मिश्रविरुद्ध...

स्वास्थ्यमन्त्रीको लाइनमा रहेको पूर्वसचिव डा मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

स्वास्थ्यमन्त्रीको लाइनमा रहेको पूर्वसचिव डा मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

आइतवार, कार्तिक २ २०८२०१:०१
आइतवार, कार्तिक २ २०८२०१:०१
  • images

    काठमाडौँ । सुशिला कार्की नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्रीको चर्चामा रहेकी पूर्व स्वास्थ्य सचिव डा. संगीता मिश्र विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध आइतबार विशेष अदालतमा मुद्दाको फाइल पेश गरेको हो ।

    ‘विशेष अदालतमा भर्खरै आरोपपत्र पेश भएको छ’ अख्तियार स्रोतले भन्यो,  ‘फाइल रुजु गरी दर्ता गर्ने क्रम चलिरहेको छ ।’ उनी स्वास्थ्य सचिवको आकांक्षी समेत थिइन् । सरकारले उनको साटो डा। विकास देवकोटालाई सचिव बनाएपछि उनी बिदामा बसेकी थिइन् ।

    जेन–जीको आन्दोलनपछि नयाँ सरकार गठन भएसँगै उनी मन्त्रालय जान थालेकी थिइन् । स्वास्थ्यमन्त्रीको रुपमा आफ्नो नाम समेत चर्चामा आउन थालेपछि उनले राजीनामा दिएकी थिइन् ।

    स्वभाविक स्वास्थ्यमन्त्रीको रुपमा मिश्राको नाम चर्चामा आउन थालेपछि अख्तियारका पदाधिकारीहरुले प्रधानमन्त्री सुशीला कार्की निकट संयन्त्रलाई ‘उनीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको र केही दिनमै भ्रष्टाचारको आरोपपत्र दर्ता हुनसक्ने’ जानकारी गराएको थियो । त्यसपछि मिश्राको नाम एकाएक रोकिएको थियो ।

    स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा गरेको खरिदको विषयसँग सम्बन्धित फाइलमा अख्तियारले उनीमाथि भ्रष्टाचारमुद्दा पेश गरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend