२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • ‘म अहंकारी होइन, सत्य बोल्ने मेरो...

‘म अहंकारी होइन, सत्य बोल्ने मेरो बानी हो’

‘म अहंकारी होइन, सत्य बोल्ने मेरो बानी हो’

आइतवार, कार्तिक २ २०८२०३:३२
आइतवार, कार्तिक २ २०८२०३:३२
  • images

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कुनै दम्भ र अहंकार नदेखाएको दाबी गरेका छन्। उनले आफू सत्य बोल्ने व्यक्ति भएको बताएका छन्।

    सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै ओलीले केहीले आफूलाई दम्भी र अहंकारी भन्न खोजे पनि त्यो गलत भएको बताए।
    उनले भने, “अरूले आत्मालोचना गरे, सम्पादकज्यूहरूले पनि गर्नुभयो होला—अशान्ति र हिंसा भड्किने वातावरण बनाएकोमा। सबैलाई भन्दिनँ, केहीले सम्झिनुहोला। हेर त, दम्भ र अहंकार भन्नुहुन्छ, सत्य बोल्ने मेरो बानी छ।”

    अध्यक्ष ओलीले २३ र २४ गतेको जेनजी आन्दोलनलाई तीन भागमा हेर्नुपर्ने बताए। उनका अनुसार, तीमध्ये एक समूह भ्रममा पारिएको, अर्को स्वतःस्फूर्त रूपमा आएको र अर्को राजनीतिक उद्देश्य राख्ने समूह रहेको हो।

    उनले भने, “जेनजीहरू भ्रममा पारिएर विरोध प्रदर्शनमा आए, तर उनीहरूको माग प्रधानमन्त्रीको राजीनामा होइन।”
    ओलीका अनुसार, जेनजीहरूले भ्रष्टाचारको अन्त्य, सुशासन कायम गर्ने र रोकिएका सामाजिक सञ्जालहरू पुनः सञ्चालन गर्ने माग मात्र राखेका थिए।

    ओलीले जेनजी पुस्ताको मागलाई उचित ठहर गर्दै समस्या समाधानका लागि संवाद र सुधारको आवश्यकता रहेको पनि उल्लेख गरे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend