२०८३, आश्विन २३ गते

images
  • समाचार
  • कैलालीमा नहरमा डुबेर दिदीबहिनीसहित तीन बालिकाको...

कैलालीमा नहरमा डुबेर दिदीबहिनीसहित तीन बालिकाको मृत्यु

कैलालीमा नहरमा डुबेर दिदीबहिनीसहित तीन बालिकाको मृत्यु

शुक्रवार, कार्तिक ७ २०८२०५:१६
शुक्रवार, कार्तिक ७ २०८२०५:१६
  • images

    कैलाली । कैलालीको जानकी गाउँपालिका–५, पथरैया गुजरुवास्थित सातविघा नजिकै नहरमा डुबेर दिदीबहिनीसहित तीन बालिकाको ज्यान गएको छ। शुक्रबार दिउँसो रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गतको कुलरिया नहरमा नुहाउने क्रममा उनीहरू डुबेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिए।

    उनका अनुसार मृतकहरूमा टीकापुर नगरपालिका–१, ब्लक नं. १५ की जुम्ल्याहा दिदीबहिनी निशा बजगाईं र मानुषी बजगाईं, साथै जानकी गाउँपालिका–५, गुजरुवाकी सुलोचना तिमिल्सैना रहेका छन्। नुहाउने क्रममा तीनै जना नहरको गहिरो भागमा डुबेका थिए।

    डीएसपी डाँगीका अनुसार निशा र मानुषी आफन्तको घर आएका बेला सुलोचनासँगै नहरमा नुहाउन गएका थिए। पानीको बहाव तीव्र भएको कारण उनीहरू एकपछि अर्को गर्दै नहरमा बगेका थिए। स्थानीय बासिन्दा र प्रहरीले उद्धार प्रयास गरे पनि तीनै जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

    मृतक निशा र मानुषी टीकापुरस्थित जनजागृति माध्यमिक विद्यालय, सीतापुरमा कक्षा ५ मा अध्ययनरत थिए भने सुलोचना जानकी गाउँपालिका–१, दुर्गौलीस्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षा ४ मा पढ्थिन्।

    तीनै जनाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। स्थानीयहरूले उक्त नहरमा सुरक्षा व्यवस्थाको अभाव र चेतनामूलक सूचना नहुँदा पटक–पटक यस्ता दुर्घटना दोहोरिने गरेको बताएका छन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend