२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • बालुवाटारमा उच्चस्तरीय बैठक : देशको सुरक्षा...

बालुवाटारमा उच्चस्तरीय बैठक : देशको सुरक्षा अवस्थाबारे सूक्ष्म विश्लेषण

बालुवाटारमा उच्चस्तरीय बैठक : देशको सुरक्षा अवस्थाबारे सूक्ष्म विश्लेषण

शनिवार, कार्तिक ८ २०८२०१:००
शनिवार, कार्तिक ८ २०८२०१:००
  • images

    काठमाडौँ । वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्ने उद्देश्यले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय बैठक बसेको छ।

    प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल तथा चारै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए। करिब दुई घण्टा चलेको बैठकमा हाल देशभरको सुरक्षा परिस्थिति, सम्भावित जोखिम र आगामी रणनीतिबारे विस्तृत छलफल गरिएको थियो।

    बैठकमा सहभागी सुरक्षा निकायका प्रमुखहरूले वर्तमान अवस्थाको आ–आफ्नो मूल्यांकन प्रस्तुत गरेका थिए। उनीहरूले पछिल्ला राजनीतिक गतिविधि र प्रदर्शनका तयारीबारे प्राप्त सूचनाहरूको विश्लेषण गरेका थिए। सम्भावित चुनौतीहरूको पूर्वतयारीका लागि संयन्त्रबीच समन्वय बढाउने सहमति पनि बैठकमा भएको स्रोतले जनाएको छ।

    बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार पूर्ण सतर्क रहेको बताए। उनले भने, “सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौँ। विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने जानकारी आएका छन्। आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन्।”

    उनका अनुसार सरकारले राजनीतिक विषयहरूको समाधान संवाद र सहमतिमार्फत खोज्ने नीति लिएको छ। “संवादको ढोका खुला छ, सम्बद्ध पक्षहरूसँग वार्ता गरेर समस्याको समाधान गर्न चाहन्छौँ,” उनले थपे।

    गृहमन्त्री अर्यालले अहिलेको संवेदनशील अवस्थालाई ध्यानमा राखी सबैलाई जिम्मेवार र संयमित व्यवहार गर्न आग्रह गरे।

    यसैबीच, मेडिकल व्यवसायी दुर्गा प्रसाईंले हालको सरकारले जेन–जी आन्दोलनलाई धोका दिएको आरोप लगाउँदै अर्को आन्दोलनको घोषणा गरेका छन्। उनले देशव्यापी हड्ताल र राजतन्त्र पुनर्स्थापनाको मागसहित आन्दोलनमा उत्रिने बताएका छन्।

    सरकारले प्रसाईंका गतिविधिलाई निगरानीमा राखेको र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षातयारी बढाएको गृह मन्त्रालयका स्रोतले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend