२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै, चार...

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै, चार नयाँ मन्त्री थपिँदै

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै, चार नयाँ मन्त्री थपिँदै

आइतवार, कार्तिक ९ २०८२१०:२३
आइतवार, कार्तिक ९ २०८२१०:२३
  • images


    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन्। बालुवाटार स्रोतका अनुसार, सरकारमा चार नयाँ मन्त्री थपिँदैछन्।

    नयाँ मन्त्रीहरूको नामावली राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ र आजै उनीहरूको शपथग्रहण हुने तयारी भइरहेको स्रोतले जनाएको छ।

    नयाँ मन्त्रीहरूमा गणपतिलाल श्रेष्ठ, सुधा गौतम, खगेन्द्र सुनार र बब्लु गुप्ता रहेका छन्। उनीहरूलाई फरक–फरक मन्त्रालयको जिम्मेवारी दिइएको छ। श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सुधा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, खगेन्द्र सुनारलाई श्रम तथा रोजगार मन्त्रालय, र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइनेछ ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend