२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • नेपाल पैसा पठाउँदा लुलु एक्सचेन्जको आकर्षक...

नेपाल पैसा पठाउँदा लुलु एक्सचेन्जको आकर्षक अफरः  १ किलो सुन, मेस्सीद्वारा साइन गरिएको जर्सी र नयाँ कार जित्ने अवसर

नेपाल पैसा पठाउँदा लुलु एक्सचेन्जको आकर्षक अफरः  १ किलो सुन, मेस्सीद्वारा साइन गरिएको जर्सी र नयाँ कार जित्ने अवसर

आइतवार, कार्तिक ९ २०८२०६:४४
आइतवार, कार्तिक ९ २०८२०६:४४
  • images

    काठमाडौँ । युएईको अग्रणी र विश्वासिलो वित्तीय सेवा प्रदायक संस्था लुलु एक्सचेन्जले आफ्ना ग्राहकहरूका लागि यस वर्षको पर्वमा रोमाञ्चक अफर घोषणा गरेको छ । युएईमा रहेका नेपालीहरूले लुलु एक्सचेन्जमार्फत नेपालमा पैसा पठाउँदा १ किलो कमटिच सुन, दुई मेगा पुरस्कार डङफिङ साइन कार र डङफिङ मेगा कार र लियोनल मेस्सीले हस्ताक्षर गरेको अर्जेन्टिनाको फुटबल जर्सी जित्न सक्नेछन्् ।

    अफर अवधि भित्र नेपालमा पठाइएका प्रत्येक रेमिट्यान्स ट्रान्जेक्सन स्वतः लकिड्रमा सहभागी हुनेछन् । यो अफर २०२५ नोभेम्बर २२ सम्म मान्य रहनेछ ।

    विश्वास, पारदर्शिता र प्रविधिमा आधारित सेवाका साथ, लुलु एक्सचेन्जले छिटो, सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ, जसले पैसा पठाउने अनुभवलाई सजिलो, अर्थपूर्ण र फलदायी बनाउँछ । लुलु एक्सचेन्ज युएईमा बसोबास गर्दै आएका नेपालीहरुमा लोकप्रिय बनेको छ ।

    ग्राहकहरूलाई यो सुनौलो अवसर गुमाउन नदिन आग्रह गरिएको छ । नजिकको लुलु एक्सचेन्ज शाखा वा डिजिटल प्लेटफर्ममार्फत आजै पैसा पठाउनुहोस् र भाग लिनुहोस् यो बम्पर पर्वको अफरमा ।

    युएईस्थित लुलु एक्सचेन्ज विश्वव्यापी रूपमा विश्वासिलो वित्तीय सेवा प्रदायक संस्था हो, जसले पैसा पठाउने मुद्रा विनिमय र भुक्तानी समाधान जस्ता सेवा आफ्ना शाखा सञ्जाल र अत्याधुनिक डिजिटल प्लेटफर्ममार्फत प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend