२०८३, आश्विन २३ गते

images
  • समाचार
  • देशका सबै वामपन्थीलाई एउटै झण्डामुनि एकताबद्ध...

देशका सबै वामपन्थीलाई एउटै झण्डामुनि एकताबद्ध हुन प्रचण्डको आह्वान

देशका सबै वामपन्थीलाई एउटै झण्डामुनि एकताबद्ध हुन प्रचण्डको आह्वान

मंगलवार, कार्तिक ११ २०८२०८:५४
मंगलवार, कार्तिक ११ २०८२०८:५४
  • images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभरका सबै वामपन्थी र माओवादी धाराका शक्तिहरूलाई एउटै कम्युनिस्ट पार्टीको झण्डामुनि एकताबद्ध हुन आह्वान गरेका छन्।

    मंगलबार बिहान वक्तव्य जारी गर्दै प्रचण्डले राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमा देखापरेका चुनौती समाधान गर्न वामपन्थीबीचको संगठनात्मक एकता र लोकतान्त्रिक शक्तिहरूबीचको राष्ट्रिय सहकार्य अत्यावश्यक बनेको बताएका छन्।

    उनले भनेका छन्, “देशमा देखिएका जटिलता, जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रसम्बन्धी चुनौतीको समाधानका लागि हामी सबै वामपन्थीहरू एकसाथ उभिनु अपरिहार्य छ।”

    प्रचण्डले माओवादीसहित सबै वामपन्थी शक्तिहरूले राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न साझा आन्दोलनमार्फत अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

    उनले भने, “म देशका सबै माओवादी धारासहितका वामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु।”

    प्रचण्डले संविधानको रक्षा, समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताको सुदृढीकरणका लागि सबै गणतान्त्रिक शक्तिहरूलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन पनि आह्वान गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend