काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार सरकार, राजनीतिक दल र जेन–जीबिचको त्रिपक्षीय छलफल आह्वान गरेकी छिन् । २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन उनले त्रिपक्षीय छलफल आह्वान गरेकी हुन् ।
निर्वाचनको वातावरण बनाउने पहलस्वरूप बुधबार अपराह्न ४ बजे बालुवाटारमा प्रधानमन्त्रीले छलफल आह्वान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले बताए ।
यसअघि मंगलबार जेन–जी प्रतिनिधि, आन्दोलनका घाइते र सहिद परिवारका सदस्य गरी नौजनाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकतामा जोड दिएका छन् ।

