काठमाडौँ । बुधबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेका तथ्यांक अनुसार आज सुन तोलामा ७०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज सुन तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला २ हजार ९६५ रुपैयाँ पुगेको छ ।

