२०८३, आश्विन २३ गते

images
  • समाचार
  • सरकारले घटायो संसद् पदाधिकारी र सदस्यका...

सरकारले घटायो संसद् पदाधिकारी र सदस्यका स्वकीय सचिवालयको दरबन्दी

सरकारले घटायो संसद् पदाधिकारी र सदस्यका स्वकीय सचिवालयको दरबन्दी

बुधवार, कार्तिक १२ २०८२०३:३७
बुधवार, कार्तिक १२ २०८२०३:३७
  • images

    काठमाडौं । सरकारले संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवालयमा दरबन्दी घटाउने निर्णय गरेको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

    सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदिश खरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् । उनका अनुसार, संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची २ मा हेरफेर गरी स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय गरिएको हो ।

    मन्त्री खरेलले भने, “संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची २ मा हेरफेर गर्ने निर्णय भएको छ, जसअनुसार स्वकीय सचिवालयको दरबन्दी घटाइनेछ।”

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend