२०८३, आश्विन २३ गते

images
  • समाचार
  • विदेश बस्ने नेपालीलाई मताधिकार दिन गृहको...

विदेश बस्ने नेपालीलाई मताधिकार दिन गृहको मस्यौदा निर्वाचन आयोगमा

विदेश बस्ने नेपालीलाई मताधिकार दिन गृहको मस्यौदा निर्वाचन आयोगमा

शुक्रवार, कार्तिक १४ २०८२११:३८
शुक्रवार, कार्तिक १४ २०८२११:३८
  • images

    काठमाडौं । गृह मन्त्रालयले विदेशमा रहेका नेपाली मतदाताले सम्बन्धित देशबाटै मतदान गर्न पाउने गरी चारवटा प्रचलित ऐन संशोधन गर्ने मस्यौदा निर्वाचन आयोगमा पठाएको छ। संशोधन प्रस्तावमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन र निर्वाचन कसुर तथा सजाय ऐन समावेश छन्।

    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले प्रस्तावमा सकारात्मक प्रतिक्रिया दिएको छ र अब थप विस्तृत छलफल हुनेछ। कानुनी व्यवस्थापछि विदेशी मतदाताको नामावली संकलनदेखि मतदान केन्द्र व्यवस्थापनसम्मका विषय आयोगले तय गर्ने कार्यविधि अनुसार अगाडि बढाइने गृह मन्त्रालयले जनाएको छ।

    हाल कुन देशका मतदाताले मतदान पाउने, खर्च, कर्मचारी व्यवस्थापन र सुरक्षा जस्ता विषयमा विस्तृत योजना तयार भएको छैन। गृह मन्त्रालयका सहसचिव भरतमणि रिजालका अनुसार कानुनी मस्यौदा स्वीकृत भएपछि यी विषयमा थप छलफल र तयारी अघि बढाइनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend