२०८३, आश्विन २३ गते

images
  • समाचार
  • मनास्लु क्षेत्रमा पहिरोमा पुरिइन् एक विदेशी...

मनास्लु क्षेत्रमा पहिरोमा पुरिइन् एक विदेशी पर्यटक

मनास्लु क्षेत्रमा पहिरोमा पुरिइन् एक विदेशी पर्यटक

शुक्रवार, कार्तिक १४ २०८२०७:०२
शुक्रवार, कार्तिक १४ २०८२०७:०२
  • images

    काठमाडौं । मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिएकी छन्। चुमनुब्री–३ न्याक फेदीनेर खसेको पहिरोले चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा पुरिएकी उनका गाइड रमेश भट्टले जानकारी दिए।

    न्याक फेदीभन्दा केहीमाथि भिरमा आज दिउँसो २ः०० बजेतिर घटना भएको उनले बताए। ‘भिरबाट झरेको ढुंगाले उहाँलाई पुरेको छ। टाउको मात्र देखिएको छ,’ उनले भने, ‘उहाँको श्रीमान र म चाहिँ सकुशल छौँ।’ 

    त्यतिबेला ठूलो पर्यटकको समूह रहेको उनले बताए। ‘उहाँ पुरिए पनि पहिरोको डरले कसैले उद्धार गर्न सकेनन्,’ उनले भने।घटनास्थल बस्तीबाट धेरै टाढा रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend