काठमाडौँ । साताको पहिलो कारोबार दिन नै नेपाली बजारमा सुनको मूल्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार सुन तोलामा ७०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा दुई लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।
चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला तीन हजार ५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

