२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • मंगलबार घट्यो सुनचाँदी दुबैको मूल्य, कतिमा...

मंगलबार घट्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलबार घट्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, कार्तिक १८ २०८२१०:४९
मंगलवार, कार्तिक १८ २०८२१०:४९
  • images

    काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ पुगेको छ । 

    महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

    आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४ हजार ३ सय ५ रुपैयाँ तोकिएको छ ।

    आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला ३ हजार १५ रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ५ सय ८५ रुपैयाँ तोकिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend