काठमाडौँ। गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी पिक हिमाल आरोहणका क्रममा बेपत्ता भएका दुई इटालियन नागरिकको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठका अनुसार कात्तिक १२ गतेदेखि सम्पर्कविहीन भएका ५१ वर्षीय फारोनातो स्तेफानो र २८ वर्षीय कापुतो अलेस्सान्द्रोको शव हिउँमा पुरिएको अवस्थामा फेला परेको हो।
“उनीहरू आरोहणको क्रममा हिउँमा पुरिएका थिए भन्ने प्रारम्भिक अनुमान गरिएको छ,” डिएसपी श्रेष्ठले जानकारी दिए। उनीहरू कात्तिक १२ गतेदेखि हराइरहेका थिए। सोही समूहका अन्य एक जना नेपाली नागरिक र तीन जना इटालियन नागरिकलाई आइतबार ९कात्तिक १६ गते० उद्धार गरिएको प्रहरीले जनाएको छ।
प्रहरी र स्थानीयहरू संयुक्त रुपमा घटनास्थल पुगेर शव उद्धारका तयारी भइरहेको बताइएको छ।

