२०८३, आश्विन २३ गते

images

साताको पहिलो कारोबार दिन नै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो कारोबार दिन नै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार, कार्तिक २३ २०८२११:११
आइतवार, कार्तिक २३ २०८२११:११
  • images

    काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ सय रुपैयाँले बढेर २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन शुक्रबार सुन तोलाको २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन शुक्रबार तोलाको ३ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ३ हजार १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    महासंघका अनुसार आइतबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ४ हजार ५६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ५८५ रुपैयाँमा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend