२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • ह्वात्तै बढ्यो सुनचाँदी दुबैको मूल्य, कतिमा...

ह्वात्तै बढ्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै बढ्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, कार्तिक २५ २०८२१०:५६
मंगलवार, कार्तिक २५ २०८२१०:५६
  • images

    काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज छापावाला सुन तोलाको ४ हजार ९ सय रुपैयाँले बढेर २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सोमबार सुन तोलाको २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन सोमबार तोलाको ३ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर ३ हजार १७० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ११ हजार २५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ७१८ रुपैयाँमा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend