२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समाजवादी...

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समाजवादी मोर्चाबाट अलग

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समाजवादी मोर्चाबाट अलग

बुधवार, कार्तिक २६ २०८२११:४९
बुधवार, कार्तिक २६ २०८२११:४९
  • images

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले समाजवादी मोर्चा छाडेको घोषणा गरेको छ।

    पार्टी महासचिव विप्लव सीले बुधबार जारी गरेको विज्ञप्तिमा मोर्चाबाट अलग हुने कारण स्पष्ट गर्दै भनेका छन् कि समाजवादी मोर्चामा आबद्ध तीन पार्टीले एकता गरेर नयाँ नेपाली कम्युनिष्ट पार्टी बनाइसकेका कारण मोर्चाको औचित्य समाप्त भएको हो।

    विप्लवका अनुसार, २०८० सालमा चार पार्टी सहभागी भएर गठन गरिएको समाजवादी मोर्चाले राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रूपान्तरण, जनजीविका संरक्षण र भ्रष्टाचारविरुद्ध संघर्षको उद्देश्यले केही महत्वपूर्ण कार्यक्रमहरू पनि सञ्चालन गरेको थियो। तर, अपेक्षित गति र प्रभावकारितामा काम अघि बढाउन सकिएन।

    विज्ञप्तिमा भनिएको छ, “जेन्जी (Gen Z) विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणा व्यापक रूपमा परिवर्तन भएको छ। सबै राजनीतिक पार्टीहरूले नयाँ खालका एकता र मोर्चाबन्दीमा सहभागी भइरहेका छन्। व्यापक स्तरमा नयाँ बहस आवश्यक भइसकेको छ। यस्तो अवस्थामा आजकै स्वरुपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको हाम्रो निष्कर्ष हो।”

    विप्लवले जनप्रिय पार्टी नेकपा अब स्वतन्त्र रूपमा राजनीतिक गतिविधि अगाडि बढाउने जानकारी दिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend