काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचन तयारी सम्बन्धमा १६ वटा राजनीतिक दललाई छलफलका लागि बोलाएको छ। आयोगका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तथा माघमा निर्धारित राष्ट्रिय सभा निर्वाचन सम्बन्धी विषयमा छलफल गर्न दलहरूलाई निमन्त्रणा गरिएको हो।
आयोगले जानकारी दिएअनुसार छलफल विहीबार बिहान साढे ११ बजे आयोगको केन्द्रीय कार्यालयमा हुनेछ। बैठकमा निर्वाचनको व्यवस्थापन, आचारसंहिता, तथा आवश्यक प्राविधिक तयारीबारे विस्तृत कुराकानी हुने अपेक्षा गरिएको छ।
आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार सबै दलहरूको सुझावका आधारमा निर्वाचनका तयारीलाई अझ प्रभावकारी बनाउन छलफल आयोजना गरिएको हो।

