२०८३, आश्विन २३ गते

images

रवि र छविको मुद्दा वासुदेव र ओमप्रसादको इजलासमा

रवि र छविको मुद्दा वासुदेव र ओमप्रसादको इजलासमा

बिहिवार, कार्तिक २७ २०८२१२:३९
बिहिवार, कार्तिक २७ २०८२१२:३९
  • images

    काठमाडौँ । सहकारीका बचतकर्ताको रकम अपचलन र संगठित अपराधको अभियोगमा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र पूर्व डिआईजी छविलाल जोशीको  मुद्दा न्यायाधीश वासुदेव आचार्य र  ओमप्रसाद अर्यालको संयुक्त इजलासमा परेको छ।

    उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आजका लागि तोकिएको पेशी एक नम्बर इजलासको क्रम सङ्ख्या एकमा रहेको छ। यसअघि कात्तिक २० गते यसै अदालतले मुद्दाको प्रमाण मिसिल झिकाउने आदेश भएको थियो।

    बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले गएको साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो।

    सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ।

    लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भागबराबर बिगो दाखिला गरेको कागजात पेश गरेका थिए। लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेश गरेका थिए।

    जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालत तुल्सीपुर बुटवल ईजालसमा निवेदन दर्ता गराएका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend