२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमणमा रोक,...

निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमणमा रोक, उपत्यका छाड्न अनुमति लिनुपर्ने

निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमणमा रोक, उपत्यका छाड्न अनुमति लिनुपर्ने

बिहिवार, कार्तिक २७ २०८२०१:१२
बिहिवार, कार्तिक २७ २०८२०१:१२
  • images

    काठमाडौं । आजबाट सेवानिवृत्त भएका निवर्तमान आईजीपी चन्द्रकुवेर खापुङलाई विदेश भ्रमणमा रोक लगाइएको छ ।

    जेनजी आन्दोलनपछिको परिस्थितिबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले खापुङलाई विदेश भ्रमणमा रोक लगाएको हो । आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार उनलाई स्वीकृती बेगर उपत्यका छाड्न समेत रोक लगाइएको छ ।

    जेनजी आन्दोलनका क्रममा भएका घटनाका विषयमा छानबिनका लागि जुनसुकै बेला अनुसन्धान हुनसक्ने भएकाले उनलाई उपत्यका छाड्नदेखि विदेश भ्रमणसम्म रोक लगाइएको हो ।

    ‘आजदेखि सेवाबाट निवृत्त हुनुभएका नेपाल प्रहरीका महानिरीक्षक श्री चन्द्रकुबेर खापुङलाई भाद्र २३ र २४ गतेका घटनाहरुको छानबिन तथा जाँचबुझको लागि कुनै पनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागु हुने गरी निजको विदेश भ्रमणमा रोक लगाउने तथा आयोगको स्वीकृतीबेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने,’ आज बसेको जाँचबुझ आयोगको निर्णयमा भनिएको छ ।

    खापुङ छोटो समयका लागि गत भदौ १९ गते आईजीपी बनेका थिए । उनले प्रहरी संगठनको नेतृत्व सम्हालेको एक साता नबित्दै जेनजी आन्दोलन भएको थियो ।

    यता खापुङले जेनजी आन्दोलनका क्रममा प्रहरीले आफ्नो जिम्मेवारी पूरा गरेको बताउँदै आइरहेका छन् ।

    Gip.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend