काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको शुक्रबारको तथ्यांक अनुसार आज छापावाला सुन तोलाको ५ सय रुपैयाँले घटेर २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहीबार पनि सुन तोलाको २ लाख १४ हजार ८० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन बिहीबार तोलाको ३ हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ३ हजार २८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार प्रति १० ग्राम सुनको मूल्य २ लाख १४ हजार ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ८१६ रुपैयाँ ५० पैसामा कारोबार भईरहेको छ ।

