२०८३, आश्विन २३ गते

images

सन्तोष परियारले छाडे रास्वपा

सन्तोष परियारले छाडे रास्वपा

शुक्रवार, कार्तिक २८ २०८२०३:०९
शुक्रवार, कार्तिक २८ २०८२०३:०९
  • images

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचिवालय सदस्य तथा पूर्वसांसद सन्तोष परियारले पार्टी परित्याग गरेका छन् ।

    विघटित प्रतिनिधिसभाको रास्वपाकातर्फबाट प्रमुख सचेतकको जिम्मेवारीमासमेत रहेका परियारले कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई राजीनामा पत्र बुझाएका हुन् ।

    “बदलिँदो परिस्थितिलाई आत्मसात गर्दै यस ऐतिहासिक घडिमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण आजैको मिति देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधारण सदस्यसम्म नरहने निवेदन गर्दछु”, उनले राजीनामा पत्रमा भनेका छन् ।

    रास्वपाका प्रवक्ता मनिष झाले परियारले परियारले पार्टी छोडेको जानकारी दिँदै उनको आगामी यात्राका लागि शुभकामना दिएका छन् । यसअघि रास्वपाकातर्फबाट शिक्षामन्त्री बनेका सुमना श्रेष्ठले पनि पार्टी परित्याग गरेकी थिइन् । 

    pariyar_tT1FuJLcz7.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend