२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • सन्तोष परियार, दुर्गा सोव र सुदन...

सन्तोष परियार, दुर्गा सोव र सुदन किराँतीबीच ५ बुँदे सहमति

सन्तोष परियार, दुर्गा सोव र सुदन किराँतीबीच ५ बुँदे सहमति

शुक्रवार, कार्तिक २८ २०८२०८:०२
शुक्रवार, कार्तिक २८ २०८२०८:०२
  • images

    काठमाडौं । आज मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेका पूर्वप्रतिनिधि सभा सदस्य सन्तोष परियार, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)की संयोजक दुर्गा सोव र प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराँतीबीच पाँच बुँदे सहमति भएको छ।
    उनीहरूबीचको सहमति शुक्रबार सम्पन्न भएको हो।

    सहमति पत्रमा देशको गम्भीर अर्थ–राजनीतिक सङ्कट, भ्रष्टाचार, नातावाद, बेरोजगारी र राजनीतिक दलभित्र देखिएको व्यापक भ्रष्टीकरण विरुद्ध जेन–जी आन्दोलनले उठाएका प्रश्नहरूको पृष्ठभूमिमा नयाँ राजनीतिक विकल्प निर्माण गर्न एकसाथ अघि बढ्ने उल्लेख छ।

    सहमति पत्रमा भनिएको छ— “देशको गम्भीर अर्थ–राजनीतिक सङ्कट, भ्रष्टाचार, नातावाद, बेरोजगारी र राजनीतिक पार्टीहरूमा देखिएको व्यापक भ्रष्टीकरणका विरुद्ध भएको जेन–जी आन्दोलनको पृष्ठभूमिमा चुनौतीपूर्ण ऐतिहासिक कार्यभार पूरा गर्दै राष्ट्रिय राजनीतिको अग्रगामी निकास दिने तथा नेपाली राजनीतिको समग्र पुनर्संरचना गर्ने लक्ष्यका साथ नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र प्रतिनिधि सभाका निवर्तमान सदस्य सन्तोष परियारबीच पाँच बुँदे सहमति सम्पन्न भएको छ।”

    उनीहरूबीच भएका सहमतिका विस्तृत बुँदा सार्वजनिक भएको छैन, तर तीन पक्ष मिलेर नयाँ राजनीतिक दिशातर्फ अघि बढ्ने संकेत स्पष्ट देखिएको छ।
    यस्ताे छ सहमतिपत्र

    Laxmi sunrise bank
    विभिन्न कालखण्डमा नेपाली जनताले नेतृत्व गरेका सबै खाले मुक्ति आन्दोलन देखि पछिल्लो जन(जी आन्दोलन सम्मका महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ घाइते, बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान गर्दै उहाँहरूको सपनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
    एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाव चिन्ह एउटै बनाउन सहमति जनाउँदछौँ।
    मङ्सिर ७ गते वृहत् एकता घोषणा कार्यक्रम गर्न सहमत भएका छौँ ।
    देश तथा विदेशमा बस्ने प्रगतिशील लोकतान्त्रिक, वामपन्थी र देशभक्त शक्तिहरू र विशेष गरी जेनजी पुस्तालाई बृहत् राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन आह्वान गर्दछौँ ।
    भ्रष्ट, अनैतिक र अहङ्कारी प्रवृत्तिहरूलाई निर्वाचनबाटै परास्त गर्न सम्पूर्ण नयाँ तथा वैकल्पिक शक्तिहरू र नवयुवाहरूलाई हातेमालो गर्न अपिल गर्दछौँ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend