काठमाडौँ । सातको पहिलो कारोबार दिन नै सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको आइतबारको सूची अनुसार छापावाला सुन तोलाको ६ हजार ९ सय रुपैयाँले घटेर २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो दिन शुक्रबार सुन तोलाको २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन शुक्रबार तोलाको ३ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ३ हजार १३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ८ हजार १६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ६८८ रुपैयाँमा कारोबार भईरहेको छ ।

