२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमवार, मंसिर १ २०८२११:१९
सोमवार, मंसिर १ २०८२११:१९
  • images

    काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ५ सय रुपैयाँले बढेर २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन आइतबार सुन तोलाको २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन आइतबार तोलाको ३ हजार १३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर ३ हजार १५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    महासंघका अनुसार सोमबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ८ हजार ५९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ७०५ रुपैयाँमा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend