२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना सम्बन्धी रिट...

प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना सम्बन्धी रिट दर्ता

प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना सम्बन्धी रिट दर्ता

सोमवार, मंसिर १ २०८२०१:२०
सोमवार, मंसिर १ २०८२०१:२०
  • images

    काठमाडौं । राजदूत फिर्ता बोलाउने सरकारी निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश पालन नगरेको आरोप लगाउँदै प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको छ। सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीविरुद्ध दायर भएको यो पहिलो अवहेलना सम्बन्धी रिट हो।

    अधिवक्ता प्रेम सिलवालले दायर गरेको रिटको पेसी मंसिर ७ गतेका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ।

    जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका राजदूतहरूलाई असोज ३० गते फिर्ता बोलाउने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध दायर रिटमा न्यायाधीश सारंगा सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले कात्तिक १६ गते निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको थियो।

    तर आदेश जारी भएको भोलिपल्टै प्रधानमन्त्री सुशीला कार्कीले नै सम्हालेको परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित राजदूतहरूलाई मन्त्रालयमा हाजिर हुन निर्देशन जारी गरिएको थियो। निर्देशनअनुसार अधिकांश राजदूतहरू मन्त्रालयमा उपस्थित भइसकेका छन्।

    अदालतको आदेश विपरीत सरकारी निर्देशन जारी भएपछि यो कदम ‘अदालतमाथिको प्रत्यक्ष अवहेलना’ भएको अभियोगसहित मुद्दा दर्ता गरिएको अधिवक्ता सिलवालले बताएका छन्।

    अब यो विषय मंसिर ७ गते पेसीमा आउनेछ र सर्वोच्चको आदेश कार्यान्वयनबारे अदालतले थप धारणा राख्ने अपेक्षा गरिएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend