२०८३, आश्विन २३ गते

images

तोलामा ३ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा ३ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

मंगलवार, मंसिर २ २०८२१०:५२
मंगलवार, मंसिर २ २०८२१०:५२
  • images

    काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज छापावाला सुन तोलाको ३ हजार ८ सय रुपैयाँले घटेर २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

    अघिल्लो दिन सोमबार सुन तोलाको २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन सोमबार तोलाको ३ हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर ३ हजार ९० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ५ हजार ३३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ६४९ रुपैयाँमा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend