२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • मधेशका मुख्यमन्त्रीविरुद्ध नवौँ दिन पनि सात...

मधेशका मुख्यमन्त्रीविरुद्ध नवौँ दिन पनि सात दलको विरोध कायमै

मधेशका मुख्यमन्त्रीविरुद्ध नवौँ दिन पनि सात दलको विरोध कायमै

मंगलवार, मंसिर २ २०८२१२:५८
मंगलवार, मंसिर २ २०८२१२:५८
  • images

    काठमाडौं । मधेश प्रदेशमा सरकार गठनसम्बन्धी विवाद टुंगो लाग्न नसकिरहँदा सात राजनीतिक दलले जनकपुरधाममा जारी विरोध कार्यक्रम आज नवौँ दिन पनि निरन्तरता दिएका छन्। सर्वोच्च अदालतको फैसलाको पर्खाइमा बसेका दलहरुले मधेस भवनको मुख्य ढोकामै धर्ना सञ्चालन गर्दै आएका छन्।

    सरकार गठन विवादमा दर्ता भएको रिटको आज न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ हुँदैछ। दलहरू विश्वासमा छन्,सर्वोच्चको निर्णयले मधेसमा उत्पन्न राजनीतिक अस्थिरताको अन्त्य हुनेछ।

    धर्नामा सहभागी जनता समाजवादी पार्टीका प्रमुख सचेतक रामअशिष यादवले एमालेकै कारण देश राजनीतिक संकटमा फसेको आरोप लगाए। उनले भने, “मधेसमा राजनीतिक अस्थिरता एमाले नेतृत्वकै इसारामा आएको हो। हामी यही अस्थिरताको अन्त्यका लागि ९ दिनदेखि सडकमा छौँ।”

    एमाले नेतृत्वमा गठन भएको वर्तमान मधेस सरकार संवैधानिक नभएको, र प्रदेशसभा सभामुख रामचन्द्र मण्डलले दलीय अनुकूल व्यवहार गरेको आरोप लगाउँदै सात दलले आन्दोलन थालेका हुन्।

    मधेश प्रदेश सरकारको मुख्यालय मधेस भवनको मुख्य प्रवेशद्वारमै आज पनि सात दलका नेता–कार्यकर्ता सतत धर्नामा बसेका छन्। आन्दोलनको स्वरुप अझ कडा बनाउने कि नबनाउने भन्ने विषय सर्वोच्चको आजको सुनुवाइ र निर्णयमा निर्भर रहने बताइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend