२०८३, आश्विन २३ गते

images

तोलामा २ हजार ८ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा २ हजार ८ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार, मंसिर ३ २०८२१०:५५
बुधवार, मंसिर ३ २०८२१०:५५
  • images

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज छापावाला सुन तोलाको २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

    अघिल्लो दिन मंगलबार सुन तोलाको २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन मंगलबार तोलाको ३ हजार ९० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर ३ हजार १५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    महासंघका अनुसार बुधबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ७ हजार ७३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ७ सय रुपैयाँ ५० पैसामा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend