२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • सिमरामा एमालेका कार्यकर्ता र जेनजी...

सिमरामा एमालेका कार्यकर्ता र जेनजी युवाबीच झडप,विमानस्थल बन्द हुँदा काठमाडौँमै रोकिए यात्रु

सिमरामा एमालेका कार्यकर्ता र जेनजी युवाबीच झडप,विमानस्थल बन्द हुँदा काठमाडौँमै रोकिए यात्रु

बुधवार, मंसिर ३ २०८२१२:३८
बुधवार, मंसिर ३ २०८२१२:३८
  • images

    काठमाडौँ । नेकपा एमालेका नेता–कार्यकर्ता र जेन–जी पुस्ताका युवाबीच बाराको सिमरामा झडप भएको छ  ।

    झडपका कारण सिमरास्थित विमानस्थलक्षेत्र तनावग्रस्त बनेको छ  । जेन–जी प्रदर्शनकारीले विमानस्थलको गेट भत्काइदिएका छन्  । स्थिति तनावग्रस्त बनेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजयराज पण्डितले जानकारी दिए  ।

    नेकपा एमालेले बाराको परवानीपुरमा बुधबार मधेश प्रदेशस्तरीय युवा भेला आयोजना गरेको थियो  । कार्यक्रममा प्रमुख अतिथिका रूपमा एमाले महासचिव शंकर पोखरेल, एमाले पोलिट्ब्युरो सदस्य तथा युवा संघ इञ्चार्ज महेश बस्नेत सिमरा आउँदै थिए ।

    युवा भेला आयोजना गरेको थाहा पाएपछि बाराका केही युवाले कार्यक्रम बिथोल्ने गरी जेनजीको प्रदर्शनका लागि आह्वान गरेका थिए । सोही कारण बुधबार बिहानैदेखि सिमरा क्षेत्रमा युवाहरू जम्मा हुँदै थिए ।

    अर्कोति, काठमाडौंबाट आउन लागेका पार्टी महासचिव लगायतका नेतालाई स्वागत गर्न एमाले बाराका नेताहरू पनि विमानस्थलतर्फ जाँदै गर्दा बाटोमा दुवै पक्षबीच वादविवाद भएको थियो  । त्यसक्रममा एमालेका एक नेताले एक युवालाई थप्पड हानेपछि स्थिति तनावग्रस्त बनेको स्थानीयले बताएका छन् ।

    त्यसपछि आक्रोशित युवाहरू विमानस्थल पुगेर तोडफोड सुरु गरेका थिए।

    त्यहाँको स्थिति अहिले पनि तनावग्रस्त छ। काठमाडौंबाट आउने भनिएका नेता रोकिएका छन् । एमालेका नेताहरू निवर्तमान सांसदहरू किशान श्रेष्ठ, अच्युत मैनाली, ज्वाला साहलगायतका नेता विमानस्थलभित्रै छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend