२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • जेनजीको प्रदर्शनका कारण सिमराको अवस्था तनाबग्रस्त,...

जेनजीको प्रदर्शनका कारण सिमराको अवस्था तनाबग्रस्त, प्रशासनले लगायो कर्फ्यू

जेनजीको प्रदर्शनका कारण सिमराको अवस्था तनाबग्रस्त, प्रशासनले लगायो कर्फ्यू

बुधवार, मंसिर ३ २०८२१२:५०
बुधवार, मंसिर ३ २०८२१२:५०
  • images

    काठमाडौँ । बाराको सिमरा क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ । सिमरा विमानस्थल आसपास जेनजी युवाहरूको प्रदर्शन र प्रहरीबीच तनाव उत्पन्न भएपछि विमानस्थल आसपासको ५०० मिटर क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको हो । 

    कार्यालयका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा जारी सूचना अनुसार, आज दिउँसो १२:३० बजे देखि बेलुका ८:०० बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम कर्फ्यू लागू गरिएको हो । कर्फ्यु अवधिभर आवत–जावत, भेला, जुलुस, प्रदर्शन, सभा वा बैठक गर्न पूर्ण रूपमा निषेध गरेको छ।

    तर, अत्यावश्यक सेवामा भने कर्फ्यू आदेश लागू नहुने प्रशासनले स्पष्ट पारेको छ । दमकल, एम्बुलेन्स, शववाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारी साधनहरू कर्फ्यूबाट मुक्त रहनेछन् ।

    यसअघि एमाले नेता महेश बस्नेत आउने भएपछि बाराको सिमरामा प्रहरी र जेनजी युवाबीच झडप भएको थियो । त्यस क्रममा प्रहरी र जेनजीबीच झडप भएको हो । झडपका कारण त्यहाँको अवस्था अहिले तनावग्रस्त बनेको छ ।

    युवा जनजागरण अभियान कार्यक्रमअन्तर्गत आज बाराको परवानीपुरमा एमालेका युवा संगठन युवा संघले मधेश प्रदेश स्तरीय कार्यक्रम आयोजन गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend