२०८३, आश्विन २२ गते

images

सिमरामा फेरि कर्फ्यू

सिमरामा फेरि कर्फ्यू

बिहिवार, मंसिर ४ २०८२०१:३१
बिहिवार, मंसिर ४ २०८२०१:३१
  • images

    काठमाडौं । बाराको सिमरामा बिहीबार बिहानैदेखि स्थानीय युवाहरूले विरोध प्रदर्शन गर्दै सडक अवरुद्ध गरेपछि तनावको स्थिति सिर्जना भएको छ। जेनजी समूहले राजमार्ग अवरुद्ध गरेपछि प्रहरीहरूले सडक खुलाउन खोज्दा झडप भएको भएको हो ।

    तनावग्रस्त स्थिति फैलिन नदिन सिमराको सीमित क्षेत्रमा कर्फ्यू लागू गरिएको छ। बुधबार एमाले बाराले आयोजना गरेको मधेश प्रदेशस्तरीय जनजागरण सभामा सहभागी हुन पार्टी महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सिमरा जाँदै गर्दा जेनजी समूहले विरोध गरेका थिए। विरोधका कारण उनीहरू विमानस्थलमै फर्कन बाध्य भएका थिए।

    सिमरामा बुधबार पनि विमानस्थल आसपासका क्षेत्रमा कर्फ्यू लागू गरिएको थियो, तर बिहीबार स्थिति नियन्त्रणमा राख्न सीमित क्षेत्रमा मात्र कर्फ्यू लगाइएको छ।

    simara_karfyu_diNHDy3RX4.jpeg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend