२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • सिमरामा जेन जेडको प्रदर्शन स्थगित, प्रशासनसँग...

सिमरामा जेन जेडको प्रदर्शन स्थगित, प्रशासनसँग वार्ता शुक्रबार

सिमरामा जेन जेडको प्रदर्शन स्थगित, प्रशासनसँग वार्ता शुक्रबार

बिहिवार, मंसिर ४ २०८२०६:०७
बिहिवार, मंसिर ४ २०८२०६:०७
  • images

    काठमाडौं ।  बाराको सिमरामा जेन जेड युवाले राजमार्ग अवरुद्ध गर्दै थालेको आन्दोलन बिहीबारका लागि स्थगित भएको छ। कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने सरकारी आश्वासन र औपचारिक वार्ता गर्ने सहमति बनेपछि प्रदर्शन रोकिएको हो।

    सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी छविरमण भट्टराईका अनुसार प्रशासन र जेन जेड समूहबीच शुक्रबार वार्ता हुने छ। आफूहरूमाथि भएको कुटपिटका दोषीलाई कारबाही गर्न माग गर्दै युवा समूहले बिहीबार पनि दोस्रो दिन प्रदर्शन जारी राखेका थिए।

    प्रदर्शनलाई नियंत्रित गर्ने क्रममा प्रहरी र युवाबीच झडप भएको थियो। उक्त झडपमा ६ जना प्रहरी र ४ जना जेन जेड कार्यकर्ता घाइते भएका छन्।

    प्रदर्शन स्थगित भएसँगै बिहान ११ बजेदेखि अवरुद्ध रहेको सिमराको यातायात पुनः सुचारु भएको छ। यातायात सञ्चालनमा आएपछि क्षेत्रको अवस्था सामान्य बन्दै गएको प्रशासनले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend