२०८३, आश्विन २१ गते

images

‘गिरिबन्दु टी–स्टेट’ प्रकरणमा ओलीविरुद्ध अख्तियारमा उजुरी

‘गिरिबन्दु टी–स्टेट’ प्रकरणमा ओलीविरुद्ध अख्तियारमा उजुरी

बिहिवार, मंसिर १८ २०८२०३:१८
बिहिवार, मंसिर १८ २०८२०३:१८
  • images

    काठमाडौं । ‘गिरिबन्दु टी–स्टेट’ जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। चितवनका सञ्चिव भट्टाईले उजुरी दर्ता गर्दै ओलीले सार्वजनिक पदमा रहँदा भ्रष्टाचार र सत्ता दुरुपयोग गरेको आरोप लगाएका छन्।

    उजुरीमा उल्लेख छ कि, ओली प्रधानमन्त्री हुँदा गरेका पटक–पटकका सरकारी निर्णयहरू व्यापारी दीपकुमार मल्होत्रालाई प्रत्यक्ष फाइदा पुग्ने गरी गरिएको दाबी गरिएको छ।

    विशेषत: उजुरीमा गिरिबन्दु टी–स्टेटसँग सम्बन्धित ३४३ बिघा जग्गा, स्मार्ट सिटी परियोजना, तथा मल्होत्रा समूहसँग जोडिएका मुद्दा प्रभावित हुने गरी सरकारी निर्णय र नीतिगत हेरफेर गरिएको उल्लेख गरिएको छ।

    उजुरीकर्ताले यस प्रकरणमा उच्चस्तरीय छानबिन गरी दोषीमाथि कारबाही गर्न आयोगसँग माग गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend