काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक आह्वान गरेकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार भोलि ४ बजे बालुवाटारमा बस्ने गरी बैठक आह्वान गरिएको हो।
बैठकमा प्रमुख पाँच दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुख सहभागी हुने छन्। यसअघि सबै राजनीतिक दललाई एकै पटक छलफलमा बोलाइएको भन्दै ठूला दलका नेताहरूले असन्तुष्टि जनाएका थियो।
भोलिको छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपालाई मात्रै बोलाइएको छ।
बैठक माघ ११ गते राष्ट्रियसभा र फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा केन्द्रित रहेर छलफल हुनेछ। सरकारले निर्वाचनको मिति घोषणा गरे पनि वातावरण बनाउन नसकेको भन्दै दलहरूले असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

