२०८३, आश्विन २२ गते

images
  • समाचार
  • पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने...

पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय

पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय

सोमवार, मंसिर २२ २०८२०८:०७
सोमवार, मंसिर २२ २०८२०८:०७
  • images

    काठमाडौँ । सरकारले २०८१ चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गरेको छ । 

    सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

    बैठकले जेनजी आन्दोलनका क्रममा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८२ स्वीकृत गरेको छ भने जेनजी आन्दोलनका घाइतेलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend