२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • ओलीको टिप्पणीः जेनजी–सरकार सम्झौता ‘कलाविहीन भद्दा...

ओलीको टिप्पणीः जेनजी–सरकार सम्झौता ‘कलाविहीन भद्दा नाटक’

ओलीको टिप्पणीः जेनजी–सरकार सम्झौता ‘कलाविहीन भद्दा नाटक’

बिहिवार, मंसिर २५ २०८२०२:३७
बिहिवार, मंसिर २५ २०८२०२:३७
  • images

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी र वर्तमान सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’ भएको टिप्पणी गरेका छन्।

    बिहीबार काठमाडौंमा सञ्चारकर्मीहरूसँगको संवादमा ओलीले सरकार प्रणाली र व्यवस्थासम्बन्धी कुनै पनि सम्झौता गर्न सक्षम नभएको उल्लेख गरे। उनले भने, “हिजो एउटा कलाविहीन नाटक भयो। यो सरकारले कुनैपनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट कहाँबाट पायो?”

    ओलीले थपे, “गोबर टाँसेको सरकारले कलाविहीन नाटक गर्‍यो। त्यहीँ अस्वीकार भयो, त्यहीँ च्यातिदियो। त्यसकारण त्यो कलाविहीन भद्दा नाटक हो।”

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend