२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • बद्री पाण्डेले गरे आगामी निर्वाचनमा उम्मेदवार...

बद्री पाण्डेले गरे आगामी निर्वाचनमा उम्मेदवार नहुने घोषणा

बद्री पाण्डेले गरे आगामी निर्वाचनमा उम्मेदवार नहुने घोषणा

सीएनएन खबर
शुक्रवार, मंसिर २६ २०८२०३:१५
सीएनएन खबर
शुक्रवार, मंसिर २६ २०८२०३:१५
  • images

    काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री बद्री पाण्डे आगामी प्रतिनिधि सभाको चुनावमा उम्मेदवार नहुने भएका छन् ।

    २०७९ सालमा बाजुराबाट प्रत्यक्ष निर्वाचित पाण्डेले चुनावी प्रतिस्पर्धा नगर्ने भएसँगै उनको नाम सिफारिस गरिएको छैन ।

    पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका पाण्डेले नयाँ पुस्तालाई अवसर दिनका लागि चुनाव नलड्ने निर्णय गरेको उनले बताए । 

    प्रतिनिधि सभाको प्रत्यक्षरसमानुपातिक  एवं राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि इच्छा नभएको पाण्डेले बताए । जेनजी आन्दोलन हुँदा पाण्डे एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारमा मन्त्री थिए ।

    सरकारमा रहेकाले आन्दोलनरत युवाहरूका मागहरूलाई समयमा र अपेक्षित ढङ्गले सम्बोधन गर्न नसकिएको अनुभूति रहेको भएको उनले बताए । सरकार–आन्दोलनकारी अन्तर्क्रियामा आफ्नो प्रत्यक्ष भूमिका नरहे पनि मन्त्रिपरिषद्का सदस्यको नाताले त्यसको नैतिक जिम्मेवारी आफूले लिने बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend