काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले हिंसा र युद्धबाट भएका परिवर्तन स्वीकार्य नहुने बताएका छन् ।
भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको एघारौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले शान्तिपूर्ण र जनसमर्थनका आधारमा समाज परिवर्तन सम्भव हुने उल्लेख गरे ।
वर्तमान सुशीला कार्की नेतृत्वको सरकार हिंसाबाट आएको र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको १० वर्षे सशस्त्र संघर्ष (युद्ध)बाट स्थापित परिवर्तन एमालेले नस्वीकार्ने स्पष्ट पारे ।
साथै, विविधतामा एकता नेपालको मूल मन्त्र भएको र संविधान संशोधन गर्ने अधिकार जनताकै भएको उनले बताए ।

