काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फेरि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्।
काठमाडौँको भृकुटीमण्डपस्थित महाधिवेशनस्थिल पुगेर ओलीले सोमबार अपराह्न अध्यक्षमा उम्मेदवारी दिएका हुन्। तेस्रो पटक एमालेको नेतृत्व गर्नका लागि ओली अध्यक्षको उम्मेदवार बनेका छन्।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन्। उनले केही समयअघि भृकुटीमण्डप पुगेर उम्मेदवारी दर्ता गराएका थिए।

