काठमाडौँ । भैरहवासहित विभिन्न ५ वटा विमानस्थलको उडान तथा अवतरण शुक्रबार दिउँसो साढे दुईवजेसम्म पनि ठप्प छ । हुस्सुका कारण तराई क्षेत्रका विमानस्थल जाने आउने यात्रु प्रभावित भएका हुन ।
जनकपुर, सिमरा, नेपालगन्ज, धनगढी र भैरहवा विमानस्थल हुस्सुका कारण खुलेको छैन् । जसका कारण तराई क्षेत्रमा जाने यात्रु प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार वायुसेवा कम्पनीले नभ्याइने अवस्थाका उडालाई क्रमश रद्दसमेत गर्दै गरेकोले अनपेक्षित चाप हुनबाट विमानस्थल जोगिएको छ ।
तै पनि सामान्य अवस्थामा भन्दा उडान नहुँदा यात्रुको चा पभने बढ्ने गरेको छ । शुक्रबारका लागि पनि उडान भएसँगै अधिकांश उडान रद्द भइसकेको पनि विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

