२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • चुनाव सार्न खोजिए देशमा दुर्घटना हुन्छ...

चुनाव सार्न खोजिए देशमा दुर्घटना हुन्छ : प्रचण्ड

चुनाव सार्न खोजिए देशमा दुर्घटना हुन्छ : प्रचण्ड

शनिवार, पौष ५ २०८२०६:३०
शनिवार, पौष ५ २०८२०६:३०
  • images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुनैपनि बाहनामा निर्वाचन सार्ने काम नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले कुनैपनि तर्क र बाहनामा निर्वाचन सार्ने काम नगर्न सरकारलाई चेतावनी दिएका हुन् ।


    उनले भने, ‘हामीले देशभर जनताको विशाल उपस्थिति देखाइसकेको छौँ। यसलाई खेलाँची नठानियोस्। यो शक्तिलाई जिस्काएर संविधानसँग फेरि खेलबाड गरियो भने यो शक्ति सडकमा आउनेछ। यो त्यस्तो शक्ति हो जसले हिजो जनयुद्ध गरेर राजसंस्था ढाल्यो।’

    उनले आफूहरूले निर्वाचनको तयारी गर्न सरकारलाई सहयोग गरिहरेको समेत बताए। उनले ६ महिना, एक वर्ष निर्वाचनको मिति सार्ने हल्ला आफूले सुनेको पनि बताए ।

    ‘सरकारले यो कुरालाई नजरअन्दाज गरेर ६ महिना समय थप्ने, एक वर्ष थप्ने हल्ला पनि सुनाउँछन् कोही कोहीले त्यो गर्‍यो भने देश फेरि दुर्घटनामा पर्छ । तर अबको दुर्घटनाको बेलामा नेपाली कम्युनिस्ट पार्टी रमिते हुने छैन,’ उनले भने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend