२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रवि बालेनबीच मध्यरात झन्डै ६ घण्टाको...

रवि बालेनबीच मध्यरात झन्डै ६ घण्टाको वार्ता, के भयो कुराकानी ?

रवि बालेनबीच मध्यरात झन्डै ६ घण्टाको वार्ता, के भयो कुराकानी ?

मंगलवार, पौष ८ २०८२०७:२९
मंगलवार, पौष ८ २०८२०७:२९
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०बीच भेटवार्ता सुखद भएको असिम शाहले बताएका छन्। 

    रवि-बालेनबीच गएराति कमलपोखरीमा भेटवार्ता भएको थियो। यो भेटको प्रबन्ध मिलाएका असिम साहले फेसबुकमा उनीहरुबीचको वार्ता सुखद् भएको बताएका हुन्। 

    ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ,’ शाहले फेसबुकमा लेखेका छन्, ‘रवि र बालेन दुई दाजु-भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपाली लाई बधाई।’

    लामिछाने र बालेनबीच मध्यरातमा असिम शाहको म्युजिक कम्पनी जी २१ को कार्यालयमा भेटवार्ता भएको हो। वार्ता सकेर उनीहरु एउटै गाडिमा निस्केका थिए।

    रवि र बालेनबीच के विषयमा छलफल र सहमति भएको हो, खुली सकेको छैन। तर, उनीहरुबीच आगामी निर्वाचनमा मिलेर जाने सहमति भएको अनुमान छ। 

    रवि लामिछाने सहकारीको रकम हिनामिना गरेको आरोपमा लामो समय कारागार बसेपछि गत शुक्रबार मात्रै धरौटीमा रिहा भएका थिए। कारागारबाट छुटेपछि लामिछानेले राजनीतिक गतिविधि तीव्र बनाएका छन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend