२०८३, आश्विन २१ गते

images
  • समाचार
  • वैदेशिक रोजगार विभागको पहिलो महिला महानिर्देशक...

वैदेशिक रोजगार विभागको पहिलो महिला महानिर्देशक बनिन् मीरा आचार्य

वैदेशिक रोजगार विभागको पहिलो महिला महानिर्देशक बनिन् मीरा आचार्य

बुधवार, पौष ९ २०८२०३:५९
बुधवार, पौष ९ २०८२०३:५९
  • images

    काठमाडौँ । सरकारले वैदेशिक रोजगार विभागको महानिर्देशकको  जिम्मा मीरा आचार्यलाई दिएको छ । सरकारले उनलाई जिम्मेवारी दिएसँगै आचार्य श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अन्तरगतको विभागकी पहिलो महिला महानिर्देशक बनिन्।

    श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई विभागको जिम्मेवारी दिएका हुन् । उनी सामान्य मन्त्रालयबाट श्रममा सरुवा भएकी थिइन् ।

    श्रममन्त्री भण्डारीले वैदेशिक रोजगारमा रहेको संगठित अपराधलाई अनुसन्धान गर्न टास्कफोर्स बनाउने योजना बनाइरहेका बेला विभागले नयाँ महानिर्देशक पाएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend